मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

भूमि विधेयकमाथिको छलफल दुई मिनेटमै स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
भूमि विधेयकमाथिको छलफल दुई मिनेटमै स्थगित
फाइल तस्विर ।
काठमाडौं, साउन ३१ :

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मात्र दुई मिनेटमै स्थगित भएको छ।

समितिको बैठक आज बिहान १०:३० बजेका लागि बोलाइएको थियो। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी समयमै उपस्थित भई सांसदहरूसँग करिब एक घण्टा आन्तरिक छलफलमा संलग्न भए। छलफलपछि मन्त्री बाहिरिएपछि मात्र औपचारिक बैठक सुरु भएको थियो।

बैठकमा सभापति कुसुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको भए पनि थप अध्ययन आवश्यक रहेको भन्दै छलफल अर्को बैठकमा गर्ने बताइन्।

समितिका सचिव शिवदत्त बरालले प्रतिनिधि सभाको बैठक भदौ ४ गते हुने भएकाले त्यसको केही दिनअघि   बैठक बस्न सक्ने जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार