सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

गृहमन्त्रीले गरे विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता, परिणाम आउने गरी काम गर्न निर्देशन

जस-अपजस सामूहिक रूपले लिनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ भदौ, २०८२ मा प्रकाशित
गृहमन्त्रीले गरे विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता, परिणाम आउने गरी काम गर्न निर्देशन
काठमाडौं, भदौ १ :

गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताए ।

‘लागुऔषध, सडक दुर्घटना, साइबर अपराध, आत्महत्या यी विषय वर्तमान अवस्थाका नयाँ चुनौती हुन् । विशेष रूपमा काम भएको छ परिणाम आउन केही  समय लाग्छ’, उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।’ पश्चिम नेपालमा भूकम्प र सोबाट हुनसक्ने विस्तृत क्षति आँकलन गर्ने काम भइरहेको बताउँदै उनले चालु आवभित्र पुनःनिर्माण सक्नेगरी काम गर्न निर्देशन दिए ।

गृहमन्त्री लेखकले गत आवमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकाप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे । ‘अहिलेको आवश्यकताअनुसार थप नयाँ काम के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस्’, उनले भने, ‘सीमित स्रोतसाधन, जनशक्ति र बजेटभित्र रहेर काम गर्नुपर्छ ।’ कार्यसम्पादन सामूहिक काम भएको बताउँदै उनले जस-अपजस सामूहिक रूपले लिनुपर्नेमा जोड दिए ।

मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधयेक अघि बढाइएको बताउँदै प्रतिनिधिसभामा केही प्रविधिक जटिलताका कारण रोकिएको गृहमन्त्री लेखकले बताए । ‘पाइपलाइनमा रहेका कानुन-विधयेक यो महिनाभित्र प्रतिनिधिसभामा दर्ता गर्ने  काम अगाडि बढाउनुस्’, उनले भने, ‘मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोहीअनुसार काम अघि बढेको छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार