काठमाडौं, भदौ ३ :

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयासको विरोध गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेस र एमालेले उपसभामुख हटाएर गल्ती गर्न लागेको बताएका हुन्। ‘उपसभामुख हटाउन खोज्नु गलत हो। हामी यसको विरोध गर्छौं’ प्रचण्डले भने।

उनले इन्दिरा राना सामाजिक सेवामा सक्रिय आदिवासी जनजातिकी महिला भएको भन्दै उनलाई अनाहकमा हटाउन खोजिएको आरोप लगाए। साथै, रानामाथि अघिल्लो पटक लगाइएको आरोप झुटो भएको पनि बताए।

कांग्रेस र एमाले सांसदहरूले उपसभामुख हटाउन हस्ताक्षर संकलन जारी राखेका छन् ।