दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज नेपाल प्रहरीका उच्च अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ ।
‘क्लाइमेट स्मार्ट सिटिज’सँगको सहकार्यमा गत साउन ६ गतेदेखि हरेक शनिबार यो अभियान सञ्चालन हुँदै आएको छ । अभियानअन्तर्गत आजको श्रृङ्खलामा उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीसहित सयौँको सङ्ख्यामा नेपाल प्रहरी सफाइमा सहभागी भएका फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिए ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले विश्वका करोडौँ हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र र पर्यटकहरूको आकर्षक गन्तव्यका रुपमा रहेको पशुपतिनाथ क्षेत्र सधैँ सफा राख्नुपर्नेमा जोड दिनुभयो । यसका लागि अभियान सुरु गरेकामा मैनादेवी फाउन्डेसन र सहयोगी सबैलाई धन्यवाद दिए।
‘मानिसको सुरु रअन्त्य धार्मिक कर्मबाटै हुन्छ । पशुपतिनाथ विश्वका रहेक हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो । त्यसबाहेक यहाँ आउने हरेक स्वदेशी र विदेशी पर्यटकका लागि पशुपति धार्मिक पर्यटन गन्तव्य पनि हो,’ अधिकारीले भने, ‘त्यसैकारण यस क्षेत्रको सरसफाइले हाम्रो पहिचान पनि झल्काउँछ । हाम्रो जीवनको अन्तिम गन्तव्यका रुपमा रहेको यस ठाउँलाई जीवन्त बनाउनु सबैको कर्तब्य हो । आज हामी पनि यसमा सरिक भएका छौँ । स्वच्छता अभियानमा सहभागी हुन अरुलाई पनि आग्रह गर्दछौँ ।’
कार्यक्रममा नेपाल प्रहरी, क्रिएसन नेपाल, फाउण्डेसनका स्वयम्सेवकलगायतको सहभागिता थियो । त्यस क्रममा ८९० किलोग्रामभन्दा बढी फोहोर सङकलन भएको अध्यक्ष खनालले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
आईजीपी कार्कीसँग जोडेर सार्वजनिक भएका भ्रामक र तथ्यहिन सूचनाको पछि नलाग्न प्रहरीको अनुरोध
थप समाचार
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो
प्रतिकूल मौसमका कारण कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए