शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति

विद्या भण्डारीले भनिन्- एमालेको विधान महाधिवेशनसम्म पर्खन्छु, त्यसपछि निर्णय लिन्छु

सक्रिय राजनीतिबाट पछि हट्दिन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
विद्या भण्डारीले भनिन्- एमालेको विधान महाधिवेशनसम्म पर्खन्छु, त्यसपछि निर्णय लिन्छु
काठमाडौं, भदौ १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा सांसद मनीष झाले मंगलबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।  सांसद झा र पूर्वराष्ट्रपति भण्डारीबीच भंगालस्थित भण्डारीको निवासमा करिब डेढ घण्टा कुराकानी भएको थियो ।

भेटपछि झाले भण्डारीको राजनीतिक धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपतिले एमालेलाई पहिलो प्राथमिकताका रूपमा हेरेको बताएका छन्।

‘उनले भनिन्, ‘म एमालेको विधान महाधिवेशनसम्म पर्खन्छु। त्यसपछि निर्णय गर्नुपर्ने भए अर्को बाटो रोज्न तयार छु, तर सक्रिय राजनीतिबाट पछि हट्दिन,’ झाले सुनाए ।

झाका अनुसार, भण्डारीले आफू पहिले नै एमालेमा सक्रिय भइसकेको भए पनि अहिले पार्टीभित्रबाट रोक्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन्।

त्यस्तै, भण्डारीले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले अनुचित व्यवहार गरिरहेको टिप्पणी गरेको झाले बताए। 
भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने अभिव्यक्तिसहितको पुरानो भिडियोसमेत चर्चा भएको थियो।

‘एकातिर मलाई राजनीतिमा आउन भन्नुहुन्छ, अर्कातिर रोक्न खोज्नुहुन्छ’, झाले भण्डारीको भनाइ उद्धृत गर्दै बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार