काठमाडौं, भदौ १० :

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।

आज मंगलबार दिउँसो १ देखि ४ बजेसम्मको उम्मेदवारी मनोनयन समयमा उनीबाहेक अन्य कसैले उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। औपचारिक घोषणा भने बुधबार बस्ने समितिको बैठकमार्फत हुनेछ। न्यौपानेको प्रस्तावक समितिका निवर्तमान सभापति रामहरि खतिवडा तथा समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए।

संघीय निजामति सेवा विधेयकमा विवादास्पद ‘कुलिङ पिरियड’ प्रावधानबारे भएको चलखेलको जिम्मेवारी दिँदै खतिवडाले पदबाट राजीनामा दिएपछि समितिको नेतृत्व रिक्त भएको थियो। सोही रिक्त स्थानमा कांग्रेसले न्यौपानेलाई अघि सारेको हो।

यसअघि संसदीय सुनुवाइ समितिको सभापतिमा रहेकी न्यौपानेले आजै सभामुखलाई भेटेर राजीनामा दिएकी थिइन्। राजीनामा दिएलगत्तै उनले राज्य व्यवस्था समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएकी थिइन्।
 

र यो पनि…

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको एकल उम्मेदवारी दर्ता

राज्य व्यवस्था समितिको सभापति बन्न न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा

कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई राज्यव्यवस्था समितिको उम्मेदवार बनाउने