
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा दुई मन्त्री, दुई सांसदसहितका नेता एवं उच्च पदस्थ कर्मचारीहरू सहभागी हुने भएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ओलीले आसन्न चीन भ्रमणमा जाने सदस्यहरूबारे जानकारी गराएका हुन् ।
ओलीका अनुसार भ्रमण टोलीमा पत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली भदौ १४ देखि १८ सम्म पाँचदिने भ्रमणका लागि चीन जाँदै छन् ।
यो पनि…
सदनमा प्रधानमन्त्री : चीन भ्रमणबारे ओलीका १० बुँदा
सदनमा प्रधानमन्त्री : चीन भ्रमणबारे जानकारी, लिपुलेकबारे मुखै खोलेनन् [भिडियोसहित]