चितवन, असोज २ :

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा ८ वटा छावा (हात्तीको बच्चा)  थपिने भएका छन् ।

यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन भने ६ वटा जन्मिने क्रममा छन् ।
 
तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीले गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । 

यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उहाँले बताउनुभयो । त्यस्तै तमोरकली, लोकतन्त्रकली र चितवनकलीले पनि यसै वर्ष बच्चा जन्माउँदै छन् ।