
काठमाडौं, भदौ २३ :
जेनजीहरूको प्रदर्शनका क्रममा अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि त्यहाँ प्रहरीले बल प्रयोग गरेको छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रदर्शनकारीहरुले बताएका छन् ।
जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाइफायर गरेको हो । अहिले संसद् भवन वरपर स्थानीय प्रशानले कर्फ्यू लगाइएको छ । कर्फ्यू लगाएको स्थानबाट बाहिर सयौं जेनजीहरुले सरकारविरुद्ध चर्का नारा लगाएर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरुले संसद् भवन नयाँ बानेश्वरको गेट नजिकै आगजनी गरेका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेको प्रहरीले जनाएको छ ।