आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

घाइते प्रदर्शनकारीलाई अस्पताल पुर्याउन काठमाडौं महानगरपालिकाद्वारा १५ वटा एम्बुलेन्स व्यवस्था

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
घाइते प्रदर्शनकारीलाई अस्पताल पुर्याउन काठमाडौं महानगरपालिकाद्वारा १५ वटा एम्बुलेन्स व्यवस्था
काठमाडौं, भदौ २३ :

काठमाडौँ महानगरपालिकाले जेन-जी  पुस्ताको नाममा आज भएको प्रर्दशनका क्रममा घाइते भएकाहरुलाई अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ ।

कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूको तत्काल उद्धार गर्नका लागि नगर प्रहरीसमेत परिचालन गरेको छ ।

माइतीघर मण्डलादेखि बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा घाइते भएका  प्रदर्शनकारी र सुरक्षाकर्मीको उपचारमा थप सहयोग पुर्या‍उने उद्देश्यले एम्बुलेन्सको व्यवस्था गरेको महानगरपालिकाले जनाएको छ ।  

अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शैय्या अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि कामपाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा आवश्यकताअनुसार बिरामीलाई अस्पतालसम्म लैजाने काम गरिरहेको बताए ।

धेरैजसो घाइतेहरूको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र महाँकालस्थित ट्रमा सेन्टर, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायतमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार