काठमाण्डौँ , असोज ३ :

आईसीसी विश्वकप क्रिकेट लिग- टु को त्रिदेशीय शृङ्खला अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।

क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समय अनुसार आज राति पौने ९ बजे शुरु हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग- टु मा ८ टोलीको सहभागिता छ । 

नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।