
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताउनुभएको छ ।
बुधवार गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरू कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्मा प्रतिवेदन पेस गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेको भन्दै अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही सुरु गर्ने बताउनु भयो ।
उहाँले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रिपरिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने बताउनु भयो ।
कार्यक्रममा गणेशमान सिंहको प्रतिमामा माल्यार्पण सहित पुष्पगुच्छा समेत अर्पण गर्नुभयो । उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्न र त्यसपछि पनि प्रजातन्त्रको संरक्षणका लागि नेतृत्वदायी भूमिका गणेशमानले गर्नुभएको बताउनुभयो ।