
सुनसरी, असोज ३ :
सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिकाले विजुलीबाट चल्ने बस सेवा शुरु गरेको छ।
नगरवासीको सुविधाका लागि भन्दै उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बस चलाउन शुरु गरेको हो ।
नगरको शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा यात्रुलाई सर्वसुलभ सेवा दिन इटहरी उपमहानगरपालिकाले यी बसहरु खरिद गरेका हुन ।
टेण्डरमार्फत खरिद गरिएका यी बसको मुल्य ६ करोड रुपैँयामा चाइनावाट झिकाइको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो ।
सडक सञ्जाल विस्तार भएपनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो ।