आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

हरिबोल गजुरेल खुलेर प्रचण्डको पक्षमा उभिए

भन्छन्- सडकबाट नेतृत्व परिवर्तन हुँदैन, विकल्प महाधिवेशन हो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० असोज, २०८२ मा प्रकाशित
हरिबोल गजुरेल खुलेर प्रचण्डको पक्षमा उभिए
काठमाडौं, असोज १० :

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वको विकल्प नभएको बताएका छन्।

पार्टीको केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्दै गजुरेलले सडकमा चर्किएको आवाजको भरमा नेतृत्व परिवर्तन नहुने स्पष्ट पारे।

पार्टीभित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले अध्यक्ष दाहालप्रति असहमति जनाएपछि गजुरेल खुलेर प्रचण्डको पक्षमा उभिएका हुन्।

गजुरेलले पार्टी नेतृत्वको विषय कुनै सडक आन्दोलनको विषय नभई आन्तरिक प्रक्रिया र महाधिवेशनबाट टुंग्याइनुपर्ने बताए। ‘नेतृत्वको प्रश्न छलफल, बहस र विशेष महाधिवेशनमार्फत समाधान हुनुपर्छ,’ उनले भने, ‘विशेष महाधिवेशनलाई विचार र कार्यदिशा अद्यावधिक गर्ने अवसरका रूपमा लिनुपर्छ।’

त्यस्तै, हालैको जेन–जी आन्दोलनप्रति समर्थन जनाउँदै गजुरेलले यसलाई विकृति र विसंगतिको विरुद्ध युवाहरूले चलाएको स्वतःस्फूर्त विद्रोहको रूपमा व्याख्या गरे। उनले आन्दोलनपछिको परिस्थितिलाई ‘शक्ति केन्द्र’ले आफ्ना स्वार्थका लागि प्रयोग गर्न सक्ने सम्भावनाप्रति पनि चेतावनी दिए।

‘हामीले पहिलो दिनदेखि नै आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुपर्ने थियो,’ गजुरेलले भने, ‘पछि भए पनि हामीले दमन र नरसंहारको विरोध गर्‍यौँ, ओलीको राजीनामा माग्यौँ। त्यसकारण हामी आन्दोलनकारी शक्ति हौँ।’

गजुरेलको धारणा पार्टीभित्र देखिएको मतभेदका बीच अध्यक्ष प्रचण्डको पक्षमा आएको बलियो संकेतको रूपमा हेरिएको छ। पार्टीको भावी दिशा र नेतृत्वबारे निर्णय अब विशेष महाधिवेशनतर्फ मोडिन सक्ने संकेत देखिन थालेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार