सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ ।
बुधवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।
सरकारले संसदमा प्रस्तुत भएको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी छानविन प्रतिवेदन, २०८१ लाई कार्यान्वयनका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय भएको छ ।
समिति संयोजक सूर्यबहादुर थापा क्षेत्रीले संसदमा प्रस्तुत गर्नुभएको समितिको प्रतिवेदन र कारबाहीको सिफारिस अनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने उहाले बताउनुभयो ।
मन्त्री गुरुङले वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिवद्धता कार्यान्वयन गर्ने निर्णय भएको बताउनु भयो । आजको मन्त्री परिषद् बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिवद्धता समेत पारित गरेको बताउनु भयो ।