आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका #राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका
समाचार प्रदेश कोसी प्रदेश

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता : प्रमुख र लेखापालको जिम्मेवारी खोसियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ असोज, २०८२ मा प्रकाशित
इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता :  प्रमुख र लेखापालको जिम्मेवारी खोसियो
सुनसरी, असोज १३ :

सकारले अनियमिततासँग जोडिएका उजुरीपछि सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापालको जिम्मेवारी खोसेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यालय प्रमुख रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई आइतबार मन्त्रालयमा तानेको हो। सेवाग्राहीसँग घुस माग्ने, अनावश्यक हैरानी दिने, र राजस्व हिनामिनामा संलग्न भएको आशंका सम्बन्धी उजुरीहरू परेपछि मन्त्रालयले यो कदम चालेको हो।

प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा व्यापक अनियमितता भइरहेको गुनासो प्रमाणसहित मन्त्रालयमा परेका थिए। उजुरी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालय सम्म पुगेपछि उच्च तहले तत्काल कारबाही प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले घटनाको विस्तृत छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिन समितिले केही दिनभित्र तथ्य संकलन गरी प्रतिवेदन पेस गर्ने बताइएको छ। मन्त्रालयले दोषी ठहरिने कर्मचारीविरुद्ध आवश्यक प्रशासनिक कारबाही गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार