काठमाण्डौं, असोज ६ :
नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार शनिबार साँझ दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा एक निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरीले जनाएको छ ।
झापा दमक नगरपालिका–१० घरभएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कारमा सवार तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।