आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

काठमाडौं महानगरले थापाथलीस्थित राम मन्दिर परिसरका अनधिकृत संरचना हटायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १४ कात्तिक, २०८२ मा प्रकाशित
काठमाडौं महानगरले थापाथलीस्थित राम मन्दिर परिसरका अनधिकृत संरचना हटायो
काठमाडौं, कात्तिक १४ :

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ।  यसपटक भने महानगरले थापाथलीस्थित राम मन्दिर परिसर र वरपरका क्षेत्रमा निर्माण भएका अस्थायी टहरासहितका अवैध संरचना हटाएको हो। 

त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदा चोकको दायाँपट्टि पर्ने यस मन्दिर क्षेत्र वरपर लामो समयदेखि जस्ताका टहरा बनेका थिए। शुक्रबार दिउँसो डोजर चलाएर सुकुम्बासी बस्तीका रूपमा रहेका जस्ताका टहरा हटाउँदै महानगरले सार्वजनिक जग्गा खाली गरेको हो।

महानगरले अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न बिहान सूचना जारी गरेको थियो। सूचना जारी गरेको केही घण्टामै टोलीले डोजर परिचालन गरेको हो।

यसअघि २०७९ मंसिर १२ गते पनि काठमाडौं महानगर र वाग्मती सभ्यता एकीकृत विकास समितिको संयुक्त टोलीले सो बस्ती खाली गराउने प्रयास गरेको थियो। तर त्यतिबेला स्थानीयवासीको विरोधका कारण कार्य रोकिन पुगेको थियो।

थापाथलीस्थित राम मन्दिर ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। यो मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९३०/०३१ तिर निर्माण गरेको विश्वास गरिएको छ। वि.सं. १९९० सालको भुइँचालोमा क्षति पुगेपछि राणा प्रधानमन्त्री जुद्धशमशेरले यसको जीर्णोद्धार गरेका थिए।

मन्दिरमा मुख्य देवता चतुर्भुज नारायणसहित भूदेवी र श्रीदेवीको मूर्ति स्थापना गरिएको छ। साथै मन्दिर परिसरमा चार प्रकारका लक्ष्मण, सीता–रामका मूर्तिहरू, शिवलिङ्ग, पादुका र हनुमान मन्दिर पनि रहेका छन्।

काठमाडौं महानगरपालिकाले बागमती किनारको अतिक्रमण क्रमशः हटाउँदै धार्मिक तथा ऐतिहासिक स्थललाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार