शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति

महाधिवेशन मिति प्रस्ताव गर्न कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला नयाँ बानेश्वरमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १७ कात्तिक, २०८२ मा प्रकाशित
महाधिवेशन मिति प्रस्ताव गर्न कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला नयाँ बानेश्वरमा
काठमाडौं, कात्तिक १७ :

नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय नेताहरूले छुट्टै भेला नयाँ बानेश्वरमा जारी छ। नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा जारी भेलामा केन्द्रीय कार्यसम्पादन समितिमा नपरेका संस्थापन पक्षका सदस्यहरूको सहभागिता रहेको छ ।

भेलामा आगामी रणनीति र आन्तरिक विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए। उनका अनुसार भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिनेछ।

बरालले भने, ‘भेलाले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि आह्वान गर्नेछ र त्यसपछि महाधिवेशनको मिति टुंगो लगाउने प्रस्ताव अघि सार्ने तयारी छ।’

यसैबीच, कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्किँदै गएको छ। यही विवादका कारण केन्द्रीय कार्यसमिति बैठक स्थगित हुँदै आएको छ। पटकपटक गरी भोलिसम्मका लागि स्थगित गरिएको बैठक बस्ने नबस्ने टुंगो छैन ।

पार्टीका महामन्त्री गगनकुमार थापालगायत इतर समूहका नेताहरूले मंसिर वा पुसमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। उता कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन समूह भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार