काठमाडौं, कात्तिक २३ :

 नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

उनीमाथि अनुसन्धान सुरु भएको हुँदा थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग  सरकारी वकिलले गरेपछि अदालतले पहिलो पटक ८ दिनको म्याद दिएको हो ।  उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धान गरिनएको छ ।

संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।