
काठमाडौं, कात्तिक ३० :
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सोमबार अपरान्ह ४ बजे सुरु हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छन् । लिगका ९ खेल दिउसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ । एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।