मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
खेलकुद क्रिकेट भिडियो

दोस्रो संस्करणको एनपीएल सोमबारबाट : जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच उद्घाटन खेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३० कात्तिक, २०८२ मा प्रकाशित
दोस्रो संस्करणको एनपीएल सोमबारबाट : जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच उद्घाटन खेल
काठमाडौं, कात्तिक ३० :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ । 

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सोमबार अपरान्ह ४ बजे सुरु हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छन् । लिगका ९ खेल दिउसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ । एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार