काठमाण्डौँ , असोज ८ :

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ ।

एथेन्समा आयोजना हुने ३८ औंँ अन्तर्राष्ट्रिय लागुऔषध सम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज त्यसतर्फ प्रस्थान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीले जानकारी दिनुभयो ।

यही असोज ८ गतेदेखि १० गतेसम्म उक्त सञ्चालन हुने र उक्त सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य समेत सहभागी हुनुहुनेछ । 

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत प्रहरी वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिदाइ गर्नुभएको थियो ।

   प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।