मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

युवालाई स्वदेशमै उद्यमशीलतामा लाग्न मन्त्री घिसिङको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित
युवालाई स्वदेशमै उद्यमशीलतामा लाग्न मन्त्री घिसिङको आग्रह
काठमाडौं, मंसिर ३ :

ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले युवाहरूलाई स्वदेशमै बसेर आय-आर्जन र उद्यमशीलतामा लाग्न आग्रह गरेका छन्।

बुधबार गोकर्णेश्वर नगरपालिका–९, आरुबारीमा रहेको एक क्याफेको उद्घाटन गर्दै उनले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका रहने भन्दै स्वदेशमै अवसर खोज्न प्रेरित गरे। क्याफे उद्घाटनपछि मन्त्री घिसिङले आरुबारीमै निर्माण भइरहेको पानी ट्याङ्कीको पनि निरीक्षण गरेका थिए।

 

सो अवसरमा पूर्वसांसद तथा अर्थसमिति सभापति सन्तोष चालिसेले मुलुकमा बेरोजगारी बढिरहेको उल्लेख गर्दै युवालाई राज्यले आवश्यक सहुलियत, प्रोत्साहन र अवसर दिनुपर्ने बताए। उनले युवाप्रतिको सहयोग र हौसलामा आफू सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसालले नगरपालिकाले युवालाई लक्षित गरी रोजगारमुखी तालिमहरू समय समयमा सञ्चालन गर्दै आएको उल्लेख गर्दै स्थानीय तहले युवालाई उद्यम र रोजगारीमा प्रोत्साहित गर्ने कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार