काठमाडौं, मंसिर ४ :
पशुपतिनाथ मन्दिर परिसरमा बालाचतुर्दशी अवसरमा शतबीज छर्दा उत्पन्न भएको फोहोर नेपाली सेनाले बिहीबार सरसफाइ गरेको छ।
बालाचतुर्दशीका दिन आफ्ना पितृको स्मृतिमा जागराम बसेर शतबीज छर्ने परम्परा अनुरूप पशुपति क्षेत्र, कैलाश डाँडा,१०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा लगायतका स्थानमा सयौँ भक्तजनले शतबीज छरे ।
उक्त फोहोर व्यवस्थापनका लागि नेपाली सेनाको टोली परिचालन गरी मन्दिर परिसरदेखि वरपरका क्षेत्रमा सफाइ गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि बालाचतुर्दशीमा भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
आईजीपी कार्कीसँग जोडेर सार्वजनिक भएका भ्रामक र तथ्यहिन सूचनाको पछि नलाग्न प्रहरीको अनुरोध
थप समाचार
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो
प्रतिकूल मौसमका कारण कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए