काठमाण्डौं, असोज ८ :
अत्याधिक गर्मीका कारण रौतहटको एक विद्यालयका ३ जना विद्यार्थी बेहोस भएका छन् ।
जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर १ पथरामा रहेको माध्यमिक विद्यालयमा पढ्ने ३ जना विद्यार्थी गर्मीले बेहोस भएका हुन् ।
आज बिहानैदेखि चर्को घाम लागेका कारण अत्याधिक गर्मी भइ एक्कासी बेहोस भएका ३ जना विद्यार्थीको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको बताईएको छ ।
उनीहरुको अवस्था सामान्य रहको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।अत्याधिक गर्मी हुँदा रौतहटको जनजीवन प्रभावित बनेको छ ।