मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
खेलकुद क्रिकेट

दृष्टिविहीन महिला विश्वकपको उपाधि भारतलाई, नेपाल पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
दृष्टिविहीन महिला विश्वकपको उपाधि भारतलाई, नेपाल पराजित
काठमाडौं, मंसिर ७ :

पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो ।

भारत र श्रीलङ्कामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी थिए ।  फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् ।

यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ । बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटर बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ । क्रिकेटमा पनि सामान्य जस्तै ११ खेलाडी हुन्छन् । तर चार जना पूर्ण रुपमा दृष्टिबिहीन हुनुपर्ने नियम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार