बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
विदेश

भियतनाममा भीषण बाढी–भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
भियतनाममा भीषण बाढी–भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु
काठमाडौं, मंसिर ७ :

भियतनाममा लगातार परेको भारी वर्षा, बाढी र भूस्खलनका कारण गत एक सातामा कम्तीमा ९० जनाले ज्यान गुमाएका छन्। दक्षिण–मध्य क्षेत्र अक्टोबरको अन्त्यदेखि निरन्तर वर्षाको चपेटामा परेपछि तटीय सहर न्हा ट्राङदेखि पहाडी क्षेत्र दा लाटसम्म व्यापक क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

डाक लाक प्रान्तमा मात्र ६० भन्दा बढीको मृत्यु पुष्टि भएको छ। दशौँ हजार घर डुबानमा परे, ८० हजार हेक्टरभन्दा बढी बाली नष्ट भए र करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा बगेका छन्।

स्थानीयहरूले घर र छतमा फसेर रात बिताउनुपरेको बताइरहेका छन्। प्रभावित बजार क्षेत्रमा सामान भिजेर नष्ट भएकाले व्यवसायीहरू भारी संकटमा परेका छन्।

सरकारले हेलिकप्टरमार्फत राहत वितरण गर्दै कपडा, खानेकुरा र पानी शुद्धीकरण सामग्री पठाइरहेको छ। धेरै राजमार्ग र रेलसेवा अझै अवरुद्ध छन्।

वातावरण मन्त्रालयका अनुसार पाँच प्रान्तमा मात्र करिब ३४ करोड डलरको क्षति भएको छ। यस वर्ष जनवरी–अक्टोबरमा भियतनाममा प्राकृतिक विपद्मा २७९ जनाको मृत्यु वा बेपत्ता भएका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार