
काठमाडौं, मंसिर ११ :
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन हुने भएको छ ।
सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको प्रयोजनका लागि स्वीकृति दिएका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राजनीतिक दलहरुले प्रहरीको मनोबल खस्किएको अस्थामा निर्वाचना जान नसकिने बताइरहेको अवस्थामा सेनालाई अगाडि सारिएको हो । सुरक्षाको कुरा पन्छिन खोज्नेलाई निर्वाचनमा होमिन बाध्य हुने छन् ।