आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

ओली लक्षित प्रचण्डको टिप्पणी : हिजो संसद् विघटन गर्ने मान्छे, आज पुनर्स्थापनाको माग गर्दै हिँडिरहेका छन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ मंसिर, २०८२ मा प्रकाशित
ओली लक्षित प्रचण्डको टिप्पणी : हिजो संसद् विघटन गर्ने मान्छे, आज पुनर्स्थापनाको माग गर्दै हिँडिरहेका छन्
धनगढी, मंसिर १२ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावको विकल्प नभएको भन्दै पार्टीका नेता–कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न आह्वान गरेका छन्। 

सुदूरपश्चिमको धनगढीमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उल्टो बाटो हिँडेको आरोप लगाए।

‘निर्वाचन घोषणा भइसकेको छ। तर हिजो संसद् विघटन गर्ने मान्छे अहिले पुनर्स्थापना भन्दै उल्टो बाटो हिँडिरहेका छन्,’ प्रचण्डले भने, ‘अहंकारी र दम्भीहरुलाई सबक सिकाउने बेला यही हो।’

१५ घटकबीच एकीकरण भएपछि गठित नयाँ संरचनाको पहिलो ठूलो भेलामा प्रचण्डले भदौ २४ देखि २६ गतेसम्मको राजनीतिक संकटमा आफू र माधवकुमार नेपालले राष्ट्रपतिसँग समन्वय गर्दै निकास दिएको दाबी गरे। उनले अन्तरिम सरकारमार्फत चुनावमा जाने योजना त्यतिबेलै प्रस्ताव गरिएको उल्लेख गरे।

प्रचण्डले बृहत् वाम एकताको कसरत जारी रहेको बताउँदै १२ वटा वाम घटक एकतापछि अब एमालेभित्रका ‘देशभक्त शक्ति’लाई पनि ध्रुविकृत हुन अपिल गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार