मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

‘सरकार चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा छैन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ मंसिर, २०८२ मा प्रकाशित
‘सरकार चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा छैन’
फाइल तस्बिर ।
काठमाडौं, मंसिर १५ :

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने स्पष्ट पारेका हुन् ।

उनले चलचित्र क्षेत्रसंग सम्बन्धी केहि संघसंस्थाहरुले आफूलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको जानकारी दिए । उनले समिति बैठकमा सरोकारवालासंग बसेर उनीहरुको मागका बारेमा छलफल गर्न सरकार तयार रहेको बताए । 

यसपटक चलचित्र विधेयकलाई उपलव्धीमूलक बनाएर पारित गर्न सहयोग गर्ने उनले बताए । त्यस्तै मन्त्री खरेलले चलचित्र बिकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिइने धारणा राखे । चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमन सेन्सरलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री खरेलले चलचित्र क्षेत्र सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्नेमा जोड दिए । समिति सभापति तुलसा कुमारी दहालले चलचित्र विधेयक फिर्ता लिनुपर्छ भन्ने सरोकारवालासंग छलफल गरेर विधेयकलाई अघि बढाइने जानकारी दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार