मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

‘एमालेलाई चौतर्फी घेराबन्दी र बद्नम गर्ने प्रयास भयो’

निर्वाचन गर्ने पक्षमा सरकार देखिदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ मंसिर, २०८२ मा प्रकाशित
‘एमालेलाई चौतर्फी घेराबन्दी र बद्नम गर्ने प्रयास भयो’
काठमाडौं, मंसिर १५ :

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको वर्तमान परिस्तिथिमा केपी ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्ने बताएका छन् । 

प्रेस चौतारीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले जेनजी आन्दोलन अघि र पछि केपी ओली नेतृत्वको सरकार र एमालेलाई चौतर्फी घेराबन्दी र बद्नमा गर्ने प्रयास भएकाले फेरी पनि पार्टीको अध्यक्षमा ओलीलाई नै निरन्तरता दिनुपर्ने बताएका हुन् ।

जनताको बहुदलीय जनवादका उत्तराधिकारीका हिसाबल समेत आगामी महाधिवेशनबाट ओली  एमालेको अध्यक्ष बन्नुपर्ने उनको भनाइ छ । केही व्यक्तिहरु सडकबाट एमालेको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठाउने गरेको भन्दै गुरुङले सडकमा उठेको आवाजकै कारणले पार्टीले आफ्नो नेता परिवर्तन नगर्ने स्पष्ट पारे ।

उनले राष्ट्रियताका पक्षमा राखेका अडानका कारण एमाले र केपी ओलीमाथि प्रहार भएको जिकिर गरे। उपमहासचिव गुरुङले निर्वाचन गर्ने वर्तमान सरकारको नियत नरहेको आरोप लगाए । निर्वाचनको परिणाम आफू अनुकुल आउने अवस्था नआएसम्म वर्तमान सरकारले निर्वाचन नगर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार