
काठमाडौं, मंसिर १६ :
नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गरेका छन् । मङ्गलबार कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्दै उनले शतक पूरा गरेका हुन्।
टस जितेर कर्णालीले पहिला बलिङ गरेपछि पोखराका लागि ओपनिङमा ब्याटिङ गर्न आएका रोसिङ्टनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १०१ रन प्रहार गरे ।
यसअघि कर्णालीका विदेशी खेलाडी मार्क वाटले मात्रै जारी प्रतियोगितामा शतक हिर्काएका थिए । लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेल्दै वाटले ४१ बलमै शतक पूरा गरेका थिए ।
प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए।