मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
खेलकुद फुटबल

साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा

दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ मंसिर, २०८२ मा प्रकाशित
साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा
काठमाडौं, मंसिर १८ :

साफ महिला क्लब च्याम्पियनसिप मंसिर १९ गते शुक्रबारबाट काठमाडौंमा सुरु हुदैछ ।

मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन् । जसमा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन् । सवै क्लवहरुले साफ महिला क्लब च्याम्पियनसिपमा उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रने जनाएका छन् ।

च्याम्पियनसिप अघि बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपालका एपीएफ महिला फुटबल टीमकी कप्तान अनिता बस्नेतले नेपालमा पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप हुन लागेकोमा उत्साहित रहेको र जितको लक्ष्यका साथ तयारी भएको बताए । त्यस्तै एपीएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले आन्तरिक प्रशिक्षण धेरै नभएपनि अन्य खेलहरु धेरै नै खेलेकाले खेलाडीहरु तयार रहेको बताए ।

त्यस्तै अन्य क्लवका प्रशिक्षक तथा कप्तानहरुले राम्रो तयारी भएकाले राम्रो नजिता आउने जनाएका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसबीच र दोश्रो खेलमा एपीएफ क्लबले नसरिन स्पोट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार