सर्लाही, असोज ११ :

सर्लाहीमा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हरिपूर्वा नगरपालिका–५ मा सो घटना भएको हो ।

गोली लागेर युवकको बुवा घाइते भएका प्रहरीले जनाएको छ । अर्का एक जना साथीसँगै बुधवार राति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ घर भएका धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् ।

सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार थिए ।

टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते हुनुभएको छ ।

रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भईरहेको छ । गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएका छन् ।

धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।