मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
विदेश

हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान-प्रदान गर्ने सहमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ पुस, २०८२ मा प्रकाशित
हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान-प्रदान गर्ने सहमति
ओमान, पुस ८ :

यमनका इरान–समर्थित हुथी विद्रोही र यमनी सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति भएको छ । यस आदान–प्रदानमा सात जना साउदी नागरिक पनि समावेश रहेका छन् ।

छिमेकी देश ओमानको राजधानी मस्कटमा करिब दुई सातासम्म चलेको वार्तापछि यो सहमति भएको हो । एक दशकभन्दा बढी समयदेखि जारी यमन द्वन्द्व समाधानका लागि ओमानले निरन्तर मध्यस्थको भूमिका खेल्दै आएको छ ।

कैदी आदान–प्रदान वार्तामा सरकार पक्षका प्रतिनिधि माजेद फधाइलका अनुसार दुवै पक्षबीच हजारौँ युद्धबन्दी रिहा गर्ने सहमति भएको हो । हुथी पक्षका प्रतिनिधि अब्दुलकादेर अल–मोर्तादाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आफ्ना एक हजार ७०० कैदीको सट्टामा सरकार पक्षका एक हजार २०० कैदी रिहा गरिने जानकारी दिएका छन् । तीमध्ये सात जना साउदी र २३ जना सुडानी नागरिक रहेका छन् । सरकारी प्रतिनिधि फधाइलका अनुसार सात साउदीमध्ये दुई जना साउदी वायुसेनाका पाइलट हुन् ।

संयुक्त राष्ट्रसङ्घका यमनका विशेष दूत हान्स ग्रुन्डबर्गले यस सहमतालाई यमनभर रहेका बन्दी र तिनका परिवारको पीडा कम गर्न सहयोग पु¥याउने सकारात्मक र अर्थपूर्ण कदम भन्दै स्वागत गरे । उनले सहमतिको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षहरूको निरन्तर सहकार्य, क्षेत्रीय समर्थन र थप बन्दी रिहाइका लागि निरन्तर प्रयास आवश्यक रहेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार