असोज ११ :

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राति नेपाली समयअनुसार २ बजेपछि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीको सम्बोधनलाई विश्वभरका नेताहरुले चासोका साथ हेरिरहेका छन ।

नेपालको शान्ति प्रकृया विश्वकै नमूना भएको चर्चा संसारभर चलिरहँदा प्रधानमन्त्रीको सम्बोधन निकै अर्थपूर्ण मानिएको छ।

झन संक्रमणकालिन न्याय सम्बन्धि ऐन निर्माणको टुंगो लागेको अवस्थामा अब कसरी न्याय निरुपण होला भन्ने चासो पनि उत्तिकै पाइन्छ ।

यसका लागि प्रधानमन्त्रीले सम्बोधनमा नेपालको आगामी शान्ति प्रकृयाको बाटो र विकास तथा सम्बृद्धिको उपायका बारेमा विश्व समुदायलाई जानकारी गराउनुहुने विश्लेषकहरु बताउँछन ।

जलवायू परिवर्तनका कारण नेपालको हिम श्रृङ्खलामा परेको प्रभाव र यसको क्षतिपूर्तिका बारेमा पनि प्रधानमन्त्रीको भनाइ महत्वपूर्ण हुने विश्वास गरिएको 

संयुक्त राष्ट्रसंघीय ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली न्यूयोर्क जानुभएको हो ।

उहाँ केहीदिनदेखि दुई पक्षीय भेटघाट र छलफलमा व्यस्त हुनुहुन्छ ।