
सुनसरी, असोज ११ :
कोशी ब्यारेजमा केहीबेर अघि खसेको सबै यात्रुहरुको उद्धार गरिएको छ ।
बस दुर्घटनामा परेका २० जना यात्रुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
ब्यारेजबाट निकालिएकाहरुलाई सुनसरीको विभिन्न अस्पतालमा लगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ ।
विराटनगरबाट मधेश प्रदेशतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस दुर्घटनामा परेको हो ।