काठमाडौँ, असोज ११ :

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस चलाउन रोक लगाएको छ।
प्रतिकूल मौसमको कारण देशका कतिपय स्थानमा भारी र अति भारी वर्षाको सम्भावना रहेकोले रात्रिकालीन बस नचलाउन प्राधिकरणले निर्देशन दिएको हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जनाएको छ ।
वर्षाको कारण उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा शुक्रबार र शनिबार अर्थात् असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन प्राधिकरणले आग्रह गरेको हो ।
यसैगरी, बर्षा हुँदा थप सतर्कता अपनाउन सबैलाई आग्रह पनि गरिएको छ ।