आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं #कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं
समाचार

गैरीगाउँको गोदाममा लागेको आगो नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ पुस, २०८२ मा प्रकाशित
गैरीगाउँको गोदाममा लागेको आगो नियन्त्रणमा
काठमाडौं, पुस २२ :

काठमाडौँको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । ईश्वर कार्कीले सञ्चालन गरेको काठ गोदाममा भीषण आगलागी भएको हो । काठ गोदामबाट सल्किएको आगोले नजिकै रहेको लोयला स्कुलमा समेत क्षति पुगेको छ । 

काठमाडौं, ललितपुर र भक्तपुरका साथै बिमानस्थल, सुरक्षा निकायको दमकल र पानी ट्याङ्करले आगलागी नियन्त्रणमा लिएको थियो । त्यस्तै आगलागी नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगरका नगर प्रहरी परिचालन गरिएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले काठको गोदामबाट आगलागी सुरु भएको र नजिकै रहेको एक विद्यालयमा समेत क्षति पुगेको बताए । आगलागीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन ।आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार