मकवानपुर, असोज १३ :

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा-काठमाडौं जोड्ने सबै सडकहरु अवरुद्ध भएका छन्।

 हेटौँडबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी-दक्षिणकाली र त्रिभुवन लोकपथ सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका –३ रामचन्द्र भञ्ज्याङमा माथिबाट पहिरो र खोलामा बाढी आई बाटो पूर्ण रुपमा अबरुद्ध भएको छ ।

कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका–११ आँपचौर र लाम्राङमा खसेको पहिरोले कान्तिलोकपथ हिजोदेखि नै बद छ ।
भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका– १ बाघझोरा खोलामा पानीको वहाव बढेर बाढी आउँदा पूर्ण रूपमा अवरुद्ध भएको छ ।