
असोज १३ :
अविरलको बर्षासँगै आएको बाढीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि उक्लिएको छ ।
नारायणीमा पानीको बहाब यति माथिसम्म उक्लेको यो पहिलो पटक भएको स्थानीय बताउँछन ।
अहिले पनि पानीको सतह अझै बढ्दै गएको छ ।
जलमापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ ।
यस अघि असार असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो ।
नदीमा पानीको सतह बढैपछि स्थानीय प्रसाशनले सुरक्षित भएर बस्न नदी काँठका स्थानीयलाई अनुरोध गरेको छ ।
विपद परे उद्धार गर्ने गरी तयारी गरिएको जिल्ला प्रसाशनले जनाएको छ ।