धादिङ, असोज १३ :

निरन्तरको बर्षाले देशका ठूला नदीहरु बढेर डरलाग्दो भएको छ ।

त्रिशुली नदीमा पानीको बहाब यतिखेर निकै बढेको छ। 

पानी सतह भन्दा निकै माथि आएपछि स्थानीय त्रसित भएका छन ।

त्रिशुलीको माथि रहेका मलेखु र गजुरी लगायतका बजारमा पनि बाढीको त्रास उत्तीकै छ । 

मलेखुमा चारैतिर बाढीले घेरेपछि मानिसहरु बस्ती छाडेर अन्यत्र लागेका छन । 

पानीले गर्दा उनीहरु सुरक्षित स्थानमा पुग्न सकेका छैनन । पहिरोको जोखिम पनि राजमार्गमा उत्तीकै छ ।

त्रिशुलीको बहाब माथि उक्लने डर उनीहरुमा छ ।

त्रिशुली माथिका कतिपय झोलुङ्गे पुल बगाएको छ भने पक्की पुल पनि बगाउने अवस्थामा पुगेको छ ।