आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

‘परम्परागत ढङ्गले चल्ते चलातेको तरिकाले मात्रै देशमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ पुस, २०८२ मा प्रकाशित
‘परम्परागत ढङ्गले चल्ते चलातेको तरिकाले मात्रै देशमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन’
काठमाडौं, पुस २९ :

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढङ्गले चल्ते चलातेको तरिकाले मात्रै देशको अगाडि उत्पन्न परिस्थितिको सामना गर्न नसकिने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित शपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

उनले राष्ट्रलाई थप एकताबद्ध गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ संकल्पसहित पहल कदमी लिन जरुरी रहेको बताए ।

सबैलाई एकतासाथ लिएर पार्टी अघि बढेको जनाउँदै उनले भ्रष्टाचारमुक्त जस्तो समाजको परिकल्पना सफल बनाएरै छाड्ने अठोट गरे । शपथ ग्रहणपछि अब केन्द्रीय संरचनालाई पूर्णता दिने र अन्य संगठनात्मक काममा ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ । 

संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शपथ लिएपछि केन्द्रीय सदस्यहरुलाई शपथ गराइएको थियो । प्रचण्ड र नेपालले जेष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष एनके प्रसाईंले शपथ खुवाउदै परिचय पत्र हस्तान्तरण गरेका थिए । त्यसपछि संयोजक प्रचण्डले केन्द्रीय सदस्यहरुलाई शपथ गराएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार