
पाल्पा, असोज १३ :
ढुङ्गा सहितको पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको आर्यभञ्याङ्ग राम्दी सडक पुर्णरुपमा अवरुद्ध बनेको छ ।
जिल्लाको रम्भा गाउँपालिका ३ पिपलडाँडाको अगाहखोलमा सडक अवरुद्ध बनेको हो ।
सडक सञ्चालनमा ल्याउन अहिले सडक डिभिजनको दुईवटा लोडर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो ठुलो भएकोले र पहिरो नजिकै बस्ती रहेकोले पहिरो हटाउन आज दिनभर नै लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यता हिजो अपराह्न साढे ४ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल खण्ड एकतर्फी सञ्चालमा आएको छ ।