काठमाण्डौं, असोज १३ :

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो छ । नदीले उच्च खतराको तह पार गरेका कारण पैदलयात्रीलाई आवतजावतमा रोक लगाईएको छ ।

सवारीसाधन आवतजावत भने खुला छ ।

आज साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन गरिएको छ ।

ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ। अहिले  बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ ।