काठमाण्डौं, असोज १३ :

अविरल वर्षाका कारण सिर्जित विपदबारे छलफल गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आकस्मिक बैठक बसिरहेको छ ।

बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले आकस्मिक  बैठक बोलाउनुभएको हो ।