नेपाली कांग्रेसको विशेष महाधिवेशनले उपसभापतिमा फरमूल्लाह मन्सुरलाई चयन गरेको छ।
काठमाडौँको भृकुटीमण्डपमा भएको महाधिवेशनले मन्सुरलाई उपसभापति चयन गरेको नेता अजयबाबु सिवाकोटीले बताए। यसअघि मन्सुर कांग्रेसका सहमहामन्त्री थिए।
उनी १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए। कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमितिको कारबाहीमा मन्सुर पनि परेका छन् ।
यसैगरी महाधिवेशनबाट महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन्। महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका थिए । कांग्रेसमा दुई महामन्त्री रहने व्यवस्था छ। पौडेल यसअघि महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।