काठमाण्डौं, असोज १३ :

निरन्तरको बर्षाको काभ्रेको बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।

पुलमा पानी सतह उच्च भएसगै बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको हो ।

पुल बजार क्षेत्र डुबानमा परेसंगै आज बिहानदेखि अरनिको राजमार्गमा सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बाटो खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

निरन्तर पानी परिरहेकाले बाटो खुलाउन समस्या भएको छ ।

राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएकाले सयौं यात्रुहरु बिचबाटोमा रोकिएका छन् । राजमार्ग हुदैं उपचारका लागि हिंडेका, तर सडक डुबानमा परी बिचबाटोमै रोकिएका बिरामीहरुलाई नेपाली सेनाले र्याफ्टिङ बोटमार्फत उद्धार गरिएको छ ।