
काठमाडौं, माघ ३ :
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ। फागुन २१ गते हुने निर्वाचनमा टिकट बाँड्न कांग्रेसले १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।
नयाँ बानेश्वरमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा बोर्ड गठन गरेको हो। जसमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहने छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगन नेतृत्वको कांग्रेसलाई शुक्रबार मात्र निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि पार्टीलाई निर्वाचन केन्द्रित गराउनका लागि बोर्ड गठन गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।