सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

इजरायली आक्रमणमा नेता नसरल्लाहको मृत्यु भएको हिजबुल्लाहद्वारा पुष्टि

· शनिबार, १३ असोज, २०८१ मा प्रकाशित
इजरायली आक्रमणमा नेता नसरल्लाहको मृत्यु भएको हिजबुल्लाहद्वारा पुष्टि
काठमाण्डौं, असोज १३ :

इजरायली आक्रमणपछि हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको छ ।

इजरायलले हत्या गर्ने डरले वर्षौंदेखि सार्वजनिक स्थलमा नदेखिएका नसरल्लाह मध्यपूर्वका सबैभन्दा चर्चित र प्रभावशाली व्यक्तित्व मध्ये एक थिए ।
दक्षिणी बेरुतमा हवाई आक्रमण जारी छ ।

शुक्रबार लेबनानी अधिकारीहरूले हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको बताईएको छ ।

स्थानीय अधिकारीहरूले सोमबारदेखि लेबनानमा इजरायली आक्रमणमा करिब ८ सय जनाको मृत्यु भएको बताएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार